२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप

अ+ अ-

काठमाडौंँ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप करिब दुई लाख ४० हजार किशोरीले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत माघ २५ देखि फागुन १५ गतेसम्म सञ्चालन गरेको अभियानमा दुई लाख ३७ हजार ९७२ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए ।

नियमित एचपिभी खोप लगाउने दुई लाख १५ हजार ३१४ जना र गत वर्षको खोप अभियानमा छुट भएका २२ हजार ६४८ जना किशोरी रहेका छन् । शाखा प्रमुख डा. गौतमका अनुसार अभियानमा नियमिततर्फ खोप लगाउने कक्षा ६ मा पढ्ने दुई लाख एक हजार ८९ छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका १३ हजार ५८५ किशोरी रहेका छन् ।

यस्तै सरकारले गत वर्षको एचपिभी खोप अभियानमा छुटेका अहिले कक्षा ७ देखि १० सम्म पढिरहेका १४ हजार ५८६ छात्राले खोप लगाएका छन् । यस्तै अभियानका क्रममा ११ वर्षदेखि १४ वर्षका विद्यालय नजाने आठ हजार ४९ किशोरी पनि खोप लगाएको छन् । छात्रा र किशोरीलाई खोप आ–आफ्नो विद्यालय र स्वास्थ्य संस्थामा लगाइएको थियो ।

शाखा प्रमुख डा. गौतमले धनुषा, महोत्तरी, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पा जिल्लाबाट विवरण प्राप्त गर्न वाँकी रहेको बताए ।

चार जिल्लामा खोप लगाउन बाँकी

हिमाली भेगका चार जिल्लामा खोप अभियान सञ्चालन हुन सकेको छैन । विद्यालय बिदा भएकाले डोल्पा, हुम्ला, जुम्ला र मनाङ जिल्लामा खोप अभियान सञ्चालन हुन नसकेको शाखा प्रमुख डा. गौतमले जानकारी दिए ।

उनका अनुसार ती जिल्लामा चैत महिनामा एचपिभी खोप अभियान सञ्चालन गरिने छ । पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकोले त्यसको विरुद्ध खोप लगाउनुपर्ने हुन्छ ।