काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘प्रचण्ड’ शुक्रबार भक्तपुरको गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पताल पुगेर दिवंगत मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको शुक्रबार बिहान ९७ वर्षको उमेरमा सोही अस्पतालमा उपचारका क्रममा निधन भएको एमाले अध्यक्षको सचिवालयले जनाएको छ।
उनी पछिल्लो समय भक्तपुरको गठ्ठाघरस्थित आफ्नी छोरीको घरमा बस्दै आएका थिए। गएराति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन छ।







