२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्ष र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

चलचित्र निर्माणका नाममा सार्वजनिक बजेट दुरुपयोग गरेको आरोपमा अछामको ढकारी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साहसहित चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

यसैगरी गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद र लेखापाल विमल साउदलाई मुख्य प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।

आरोप पत्रमा आर.जे. ट्वान्टी फोर मिडिया प्रा.लि. तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल भन्ने रामबहादुर लम्साललाई समेत मतियारका रूपमा समेटिएको छ।

आयोगका अनुसार प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानले सम्बन्धित पदाधिकारीहरूबीच आपसी मिलेमतोमा कानुन विपरीत कार्य भएको देखाएको छ। बजेट विनियोजन नभएकै अवस्थामा चलचित्र निर्माणसम्बन्धी सम्झौता अघि बढाइएको, आवश्यक खरिद प्रक्रिया पूरा नगरी तथा प्रतिस्पर्धा बिना नै सम्झौता गरिएको तथ्य उजागर भएको आयोगले जनाएको छ।

अनुसन्धान विवरणअनुसार मिति २०८१ भदौ १८ मा सम्झौता गरिएको र पछि कार्यपालिकाको बैठकमार्फत त्यसलाई अनुमोदन गरिएको देखिन्छ। साथै, कानुनी प्रावधान विपरीत सम्झौता रकमको २० प्रतिशतभन्दा बढी पेश्की उपलब्ध गराइएको, बैंक जमानतबिना नै भुक्तानी गरिएको तथा सम्झौता सर्तसँग असंगत रूपमा प्रक्रिया अघि बढाइएको आरोप पत्रमा उल्लेख छ।

त्यसैगरी, चलचित्र निर्माणका लागि गरिएको सम्झौतामा संलग्न पक्ष फरक भए पनि भुक्तानी भने अन्य संस्थामार्फत गरिएको, तथा प्रस्तुत गरिएका बिल र खर्च विवरण वास्तविक नभएको र झुट्टा कागजातका आधारमा थप रकम खर्च देखाइएको दाबी गरिएको छ। आयोगले सार्वजनिक स्रोतसाधनको दुरुपयोग गरी व्यक्तिगत तथा समूहगत लाभ लिने उद्देश्यले कार्य गरिएको निष्कर्ष निकालेको छ।

आयोगका अनुसार करिब १२ लाख ७७ हजार रुपैयाँभन्दा बढी बिगो कायम गरी भ्रष्टाचार निवारणसम्बन्धी कानुनअनुसार सजायको माग दाबी गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले सो प्रकरणमा संलग्न व्यक्तिहरूमाथि आवश्यक प्रमाणसहित कानुनी कारबाही अघि बढाइएको जानकारी दिएका छन्।