२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकारभन्दा कर्तव्यको लडाइँमा जुट्न मुख्यमन्त्री बानियाँको आह्वान  

अ+ अ-

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले देशको समृद्धि र सुशासनका लागि कर्तव्यको मुद्दालाई सशक्त रूपमा अघि बढाउन आवश्यक रहेको भन्दै आदिवासी समुदायलाई अधिकारको मुद्दाभन्दा कर्तव्यको मुद्दा बोक्न आव्हान गरेका छन् । 

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को ११ औँ महाधिवेशनको उद्घाटन सत्रमा बिहीबार यहाँ सम्बोधन गर्दै उनले सो आव्हान गरेका हुन् । 

“आदिवासी जनजातिसहित सबै नेपालीले अब अधिकारको लडाइँभन्दा पनि कर्तव्यको लडाइँ लड्ने बेला आएको छ, मानवताको लागि सबै नेपाली एक हुनुपर्छ, नेपालको समृद्धिका लागि हामी सबै एक हुनुपर्छ” उनले भने । 

संघीयताले सबै जाति वर्ग समुदायलाई नेतृत्वमा पुगाएको भन्दै उहाँले नयाँ संविधानले दिएको अधिकार सम्बोधन गर्नमा ध्यान दिनुपर्ने बताए । 

“आदिबासीको पहिचान जोगाउनुपर्छ तर कर्तव्यमा ध्यान दिनुपर्छ” उनले भने, “राजनीति मानवता र देशको समृद्धिका लागि गर्ने हो, व्यक्तिगत स्वार्थका लागि गर्ने होइन, मानवताभित्र एकता खोज्नुपर्छ ।”

राज्यबाट पछाडि पारिएका र परेका समुदायको भलाई र अधिकार सुनिश्चितताका लागि मानवअधिकार आयोगलाई सुविधा सम्पन्न बनाउन आवश्यक भएको तर संवैधानिक अन्य आयोगको खाँचो नरहेको उहाँले तर्क गरेका छन् । मुलुकको संघीयता समावेशी सहभागिताका लागि ल्याइएको व्यवस्था भएको भन्दै उनले यो व्यवस्थाले सबै समुदायको सम्मान गरेको उनको भनाइ छ । 

आदिवासी जनजाति समुदाय मुलुकको गरिखाने समुदाय भएकाले आदिबासीको हैसियत र आर्थिक अवस्था बलियो भएको उनको भनाइ छ । ढिलो चाँडो गरिखाने समुदायकै भलाई हुने तर ठगिखानेहरूको एक दिन पतन अवश्यम्भावी भएको उनले चर्चा गरे । आदिवासी महासंघको काठमाडौँमा भवन निर्माणका लागि बागमती सरकारको तर्फबाट सक्दो सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाएका छन् ।