२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २३-२४ का घटनाबारे छानबिन प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षसमक्ष पेश

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन सम्पन्न गरी तयार गरिएको प्रतिवेदन आयोगका अध्यक्ष तपबहादुर मगरसमक्ष पेश गरेको छ।

आयोगका प्रवक्ता टिकाराम पोखरेलका अनुसार सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले शुक्रबार उक्त प्रतिवेदन बुझाएको हो। छानबिनका क्रममा समितिले करिब ९१ जनासँग बयान लिएको जनाएको छ। यसक्रममा राष्ट्रिय सुरक्षा परिषद्, केन्द्रीय सुरक्षा समिति, जिल्ला सुरक्षा समिति तथा आन्दोलन आयोजकहरूसँग समेत जानकारी संकलन गरिएको थियो।

आयोग स्रोतका अनुसार भदौ २३ गतेको घटनामा मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित जिम्मेवार पक्षमाथि कारबाहीको सिफारिस गरिएको छ भने भदौ २४ गतेको विध्वंसात्मक गतिविधिमा संलग्नहरूमाथि पनि अलग रूपमा कारबाही सिफारिस गरिएको छ।

समितिकी संयोजक थापाले अध्ययन प्रतिवेदन अध्यक्षसमक्ष बुझाइसकिएको जानकारी दिँदै आगामी साता बस्ने आयोग बैठकले प्रतिवेदन अनुमोदन तथा सार्वजनिक गर्ने विषयमा निर्णय गर्ने बताइन्। साथै, अध्ययनका आधारमा दमन र विध्वंसका घटनालाई छुट्टाछुट्टै रूपमा मूल्यांकन गरी आवश्यक कारबाहीको सिफारिस गरिएको उनले उल्लेख गरिन्।