२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उराँव समुदायले मनाए सरहुल पर्व

अ+ अ-

इनरुवा(सुनसरी) । सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले आज सरहुल पर्व मनाएका छन् ।

इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, गढीलगायतका स्थानमा बसोबास गर्दै आएका उराँव समुदायले सरहुल पर्व मनाएका हुन् ।

प्रकृति पूजकका रूपमा रहेका उराँव समुदायका मानिसले इनरुवा–८ मा सामूहिक भेला भएर आफ्नो धार्मिक परम्पराअनुसार सरना स्थलमा सरहुल पर्व मनाएको उराँव समुदायका अगुवा रामकिसुन उराँवले जानकारी दिए। उनले यो पर्व आफ्नो समुदायको सबैभन्दा ठूलो र महत्त्वपूर्ण प्रकृति पर्वका रूपमा रहेको बताए । चैत महिनाको शुक्लपक्षको तृतीया तिथिमा यो पर्व मनाउने गरेको उनले जानकारी दिए ।

पर्वका अवसरमा साल र करमको रूख अर्थात् सरना स्थलमा भेला भई पूजा गरेर यो पर्व मनाउने गरिएको छ । नयाँ फूल आउनुलाई नयाँ वर्षको सुरुआतका रूपमा लिई यो पर्वलाई मनाउने प्रचलन छ ।

नयाँ फलफूल भएका बेलामा कुलदेवतालाई प्रसादका रूपमा अर्पण गरेपछि मात्र नयाँ फसल वा फलफूलको प्रयोग सुरु गर्ने गरेको उराँव समुदायका अगुवाले बताएका छन् ।

पूजाका क्रममा धर्मगुरुले पृथ्वी, जंगल, पानी र पूर्वज देवताप्रति कृतज्ञता व्यक्त गर्दै समुदायको सुख, शान्ति र समृद्धिको कामना गरेका थिए । सहभागीले पारम्परिक वेशभूषा लगाएर पूजापाठ गरेका थिए ।