२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘तीनवटै निकायमा आक्रमण सुनियोजित, घुसपैठ समूहले हिंसा भड्काएको आरोप’

अ+ अ-

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीनवटै निकायमाथि भएको आगजनी र आक्रमण सुनियोजित घटना भएको दाबी गरेका छन्।

जेन जेड आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगलाई दिएको बयानमा उनले संसद् भवन जलाउने प्रयास भदौ २३ मै भएको उल्लेख गर्दै आन्दोलनमा युवाहरूलाई अगाडि सारेर उद्देश्य पूरा गर्न खोज्ने समूहले सुनियोजित रूपमा उत्तेजना सिर्जना गरी ज्यानसमेत जाने अवस्था सिर्जना गराएको आरोप लगाए।

उनले भदौ २३ र २४ को आन्दोलन तथा प्रदर्शनलाई देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना भनेका छन्। सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, उनीहरूको ड्रेस तथा बन्दुक खोसी सेल्फी खिच्ने जस्ता उच्छृंखल गतिविधि आन्दोलनको घोषणा गर्ने जेन जेड समूहबाट नभई आन्दोलनको फाइदा उठाउँदै घुसपैठ गर्ने समूहबाट भएको उनको भनाइ छ।

ओलीका अनुसार जेन जेड समूहले आफ्नो माग हाइज्याक भएको बताउँदै आफ्नो उद्देश्य शान्तिपूर्ण आन्दोलन रहेको प्रतिक्रिया दिएको उल्लेख छ। साथै, सार्वभौम जनताको प्रतिनिधित्व गर्ने संसद् भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतजस्ता संरचनामा खोजी-खोजी, मिसिल तथा डाटासमेत हेरेर आगजनी गरिएको आरोप उनले लगाए।

उनले आयोगसमक्ष उक्त घटनामा संलग्नहरूको भिडियो सार्वजनिक भएको र उनीहरूको बयान समेत आयोगले लिइसकेको उल्लेख गर्दै थप प्रश्नसमेत उठाएका छन्।