२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपको सात विकेटसँगै प्रधानमन्त्री कपमा बागमतीको सानदार जित

अ+ अ-

काठमाडौँ । कप्तान सन्दीप लामिछाने एक्लैले सात विकेट लिएपछि प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सानदार जित निकालेको छ ।

जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा बुधबार भएको खेलमा बागमतीले कर्णालीलाई ६० रनले हराएको हो । जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रनमा समेटिएको थियो ।

कर्णालीका लागि सनश्चल रावलले सर्वाधिक ३१ रन बनाए । यस्तै दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र कप्तान दिवान पुनले १० रन बनाए ।

बलिङमा बागमतीका कप्तान सन्दीपले ९.१ ओभरका मात्र ४० रन खर्चिएर सात विकेट लिनुभएको हो । रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एक एक विकेट लिए ।

यसअघि हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ३८.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक रानामगरले सर्वाधिक ५६ रन बनाए ।

यस्तै इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शुभम् तिवारीले १८ रन बनाए । बलिङमा कर्णालीका कप्तान दिवान पुनले तीन विकेट लिए ।

यस्तै प्रकाश जैशी, दिपेन्द्र रावत र निश्चल रावलले दुई दुई विकेट लिए । यससँगै पाँचौँ खेलमा दोस्रो जित निकालेको बागमतीले चार अंक बनाएको छ । पराजित कर्णालीको समान खेलबाट तीन अंक छ ।

यस्तै वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनीले विभागीय टोली एपिएफ क्बललाई सुपर ओभरमा हरायो । जितका लागि एपिएफले दिएको एक सय २५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ३५ ओभरका सबै विकेटको क्षतिमा एक सय २४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय २४ रनको योगफल खडा गरेको थियो । जितसँगै लुम्बिनीले पाँच खेलबाट पाँच नै अंक बनाएको छ । एपिएफको समान खेलबाट तीन अंक छ ।