काठमाडौँ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनमतको दृष्टिले रास्वपा प्रतिनिधि सभा सदनमा अल्पमतमा रहेको बताएका छन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भनेका छन्, “रास्वपा प्रतिनिधि सभाको अंक गणितको दृष्टिले ऊ बहुमतमा भए पनि जनमतको हिसाबले ऊ अल्पमतमा छ। रास्वपाले ४७ प्रतिशत अर्थात् झन्डै ५१ लाख मत पाएको छ भने बाँकी मत प्रतिपक्षको पक्षमा परेको छ। प्रतिपक्षको मत रास्वपा विरुद्धको मत हो। त्यस कारण प्रतिपक्ष फेरि बहुमतमा रहेको छ।”
थापाले संसदीय गणितको हिसाबले रास्वपा अल्पमतमा देखिएको भए पनि जनमतको दृष्टिले प्रतिपक्षको बहुमत कायम रहेको दाबी गरेका छन्।







