काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज एक सूचना जारी गरी उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरेको जनाएको हो ।
लोक सेवा आयोग केन्द्रीय कार्यालयको विज्ञापन नं १७२०१/०८२-८३ (आ.ज.) , वन सेवा, वोटानी समूह तथा विज्ञापन नं १७२००/०८२-८३ (आ.ज.), वन सेवा, स्वायल एण्ड वाटर कन्जरभेसन समूह, रा.प. द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
यस्तै आयोगले लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १७१९९/०८२-८३ (मधेशी), वन सेवा, जनरल फरेष्ट्री समूह र विज्ञापन नं १७१९८/०८२-८३ (आ.प्र.), वन सेवा, जनरल फरेष्ट्री समूह, रा.प.द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् नतिजा :











