२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करोडभन्दा बढी बैंकीङ कसुरमा पक्राउ गरी अदालतमा पेस

अ+ अ-

काठमाडौँ । एक करोड बढी बैंकीङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

वादी नेपाल सरकार र प्रतिवादी काठमाडौँको तार्केश्वर नगरपालिका-५ घर भई सोही ठाउँ बस्ने ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक-४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।

उनका अनुसार तामाङ काठमाडौँ जिल्ला अदालतबाट गत जेठ २७ र माघ ४ को आदेशले ९५ लाख बैंकीङ कसुर ठहर भएका व्यक्ति हुन् । अदालतले उनीबाट थप रु. चार लाख ७५ हजार जरिवाना तथा १९ हजार क्षतिपूर्ति र ४ महिना ५ दिन कैद हुने फैसला गरेको थियो ।  

त्यसपछि फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा काठमाडौँको तार्केश्वर-५ बाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको पनि भट्टले बताए । 

यस्तै, आजै सात लाख ५० हजार बैंकीङ कसुरका दोषी ठहर भई फरार रहेकी भक्तपुर सूर्यविनायक नगरपालिका-४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पनि पक्राउ गरिएको छ । 

गत माघ ४ को फैसलाले उनलाई सात लाख ५० हजार बैंकीङ कसुर गरेकाले ३७ हजार ५०० समेत जरिवाना, एक हजार ५०० क्षतिपूर्ति र दुई दिन कैद तोकिएकी उनी पनि फरार रहेकी थिइन् । 

उनलाई खोजतलासका क्रममा आजै बालकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिए ।