२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अन्तर्गतका चार समितिका सभापतिले गरे पद बहाली

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका चार समितिका सभापतिले आज पद बहाली गरेका छन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ-आफ्नो कार्यकक्षमा गई पद बहाली गरेका हुन् ।

पद बहालीपछि प्रतिक्रिया दिँदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति, कानुन बनाउने काममा आफू सक्रिय हुने जानकारी गराए । भ्रष्टाचार न्यूनीकरण गरी सुशासनका लागि समितिको कार्य क्षेत्रअन्तर्गत रही काम गर्ने उनको भनाइ थियो । सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तन पनि समितिको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा पनि समितिले काम गर्ने सभापति पौडेलले बताए ।

राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतमा बनेका कार्ययोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाइन् । विशेष गरी साइबर बुलिङका घटना बढिरहेकाले यस विषयमा पनि छलफल गराउने उनको भनाइ थियो । पछिल्लो समय निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने गरी सरकारका तर्फबाट भएको निर्णयका बारेमा पनि सरोकार भएका निकायलाई बोलाएर बहस गराउने सभापति राईले बताइन् ।