काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत नेपाल पुलिसले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो।
पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली ४५.२ ओभरमा २१३ रनमै अलआउट भयो।
अर्जुन घर्तीले ४६, सुनील धमलाले ३४, विपिन रावलले २८, दिनेश अधिकारी र दिवान पुनले १६-१६ रन बनाउँदा विपिन शाहीले १५ रन बनाए।
बलिङतर्फ पुलिसका ललित राजवंशीले पाँच, करण केसीले तीन तथा दीपक चन्द र आरिफ शेखले एक-एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर २६१ रन जोड्यो। दिनेश खरेलले ८२, अमित श्रेष्ठले ३०, आरिफ शेखले २७, राशिद खानले २४, दिलसाद अलीले २३ रन जोड्दा करण केसी २१ रनमा नटआउट रहे।
बलिङतर्फ कर्णालीका प्रकाश जैसीले तीन, दिनेश अधिकारी र अनुज चनराले दुई-दुई विकेट लिँदा दिवान पुनले एक विकेट हात पारेका छन्।







