२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भेटघाट सूचनामा ‘हल्ला राजनीति’ : मन्त्री पौडेल भन्छन् –सेवा रोकिँदैन, पहुँच खुल्लै छ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले मन्त्रालयमा भेटघाट व्यवस्थासम्बन्धी सूचनालाई लिएर बजारमा फैलिएको हल्लाप्रति प्रतिक्रिया जनाउँदै त्यसको गलत अर्थ लगाइएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको धारणा अनुसार मन्त्री पौडेलले आफूलाई प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने प्रवृत्ति पुरानै रहेको उल्लेख गर्दै पछिल्लो बहसलाई सोही सन्दर्भमा जोडेर हेर्नुपर्ने बताएका छन्। “बजारमा हल्ला चलिरहन्छ, प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने चलन नयाँ होइन,” उनले उल्लेख गरेका छन्।

उनले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुला रहने स्पष्ट पार्दै केही दिनअघि जारी गरिएको सूचनाले भेटघाटलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य मात्र राखेको बताए। अनलाइन माध्यमबाट समय निर्धारण गर्न सकिने व्यवस्था गरिए पनि अन्य कुनै माध्यमबाट भेटघाट गर्न रोक नलगाइएको उनको भनाइ छ।

“भेटघाटको समय आजकै दिन, केही दिनअघि वा एक घण्टा अघि तय गर्न सकिन्छ,” उनले भनेका छन्, “विशेष सल्लाह, सुझाव वा अपर्झट गुनासोका लागि जुनसुकै बेला पनि मन्त्रालय आउन सकिन्छ।”

मन्त्री पौडेलले आफ्नो व्यक्तिगत सम्पर्क नम्बर सार्वजनिक नै रहेको उल्लेख गर्दै नागरिकसँग प्रत्यक्ष संवादमा कुनै अवरोध नरहेको दाबी गरेका छन्। तर, कामसँग असम्बन्धित रूपमा बधाई, शुभकामना आदानप्रदान वा निकटता देखाउने उद्देश्यले मात्र मन्त्रालयमा नआउन उनले पुन: आग्रह गरेका छन्।