२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व विभागले आचारसंहिता जारी गर्दै कर्मचारीलाई भन्यो-‘अनधिकृत भेटघाटदेखि करदाताको एजेन्ट भई काम नगर्नु’

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व विभागले मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता, २०८२ जारी गरेको छ। आचारसंहितामा कर्मचारीलाई करदातासँग अनधिकृत भेटघाट नगर्न, करदाताको प्रतिनिधि वा एजेन्टका रूपमा काम नगर्नसमेत भनिएको छ । 

महानिर्देशकबाट २०८२ चैत २५ गते स्वीकृत उक्त आचारसंहितामा मूल्यमान्यता, आचरण, व्यावसायिकता, तटस्थता र सेवा प्रवाहसम्बन्धी विषयहरू समेटिएको छ। साथै, निजामती सेवा ऐन तथा नियमावलीमा उल्लेखित आचरण सम्बन्धी प्रावधानलाई समेत समेटेर आचारसंहिता जारी गरिएको छ । 

आचारसंहिता अनुसार कर्मचारीहरूले इमान्दारिता, निष्पक्षता र वस्तुनिष्ठताको आधारमा काम गर्नुपर्ने, सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने तथा कुनै पनि प्रकारको पक्षपात वा प्रभावमा नपरी कार्यसम्पादन गर्नुपर्ने जस्ता कुराहरू भनिएको छ । 

यसैगरी, सेवाग्राहीबाट कुनै पनि प्रकारको उपहार, दान वा सुविधा लिन नपाइने, पदको दुरुपयोग गर्न नहुने, करदातासम्बन्धी गोप्य सूचना सुरक्षित राख्नुपर्ने र झुट्टा विवरण तयार गर्ने वा कर छलीमा सहयोग गर्ने कार्यलाई निषेध गरिएको पनि उल्लेख छ । 

यसैसँगै, मिति २०७४/०८/०४ मा जारी गरिएको “आन्तरिक राजस्व विभाग र अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०७४” खारेज गरिएको छ।

पछिल्लो समय विभाग तथा मातहतका निकायबाट करदातालाई अनावश्यक दुःख दिने, अतिरिक्त शुल्क असुल्ने र सेवा प्रवाहमा ढिलासुस्ती हुने गरेको भन्दै यो निकाय आलोचित हुँदै आएको छ । ठूला करदातासँग ‘सेटिङ’ हुने विषय पनि बेला–बेला सार्वजनिक हुँदै आएका छन्।

महानिर्देशक भई जानकै लागि शक्तिकेन्द्रहरूमा ठुलै मोलमोलाइ हुने गरेको अड्डामध्ये यो पनि प्रमुख अड्डाका रूपमा परिचित छ।