२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६८४ जना दर्शनार्थीको स्वास्थ्य परीक्षण

अ+ अ-

मुस्ताङ । यहाँको बारागुङ मुक्ति क्षेत्र–१ मुक्तिनाथस्थित पर्वतीय ‘हाइअल्टिच्युड स्वास्थ्य उपचार केन्द्र’मा छ सय ८४ जना दर्शनार्थी पर्यटकको स्वास्थ्य परीक्षण गरिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि यही चैत २० गतेसम्म मुक्तिनाथ पुगेर हाइअल्टिच्युडका कारण लेँक लागेर बिरामी भएका छ सय ८४ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रदेश अस्पताल जोमसोमले जनाएको छ ।

समुन्द्री सतहको तीन हजार ८०० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने कतिपय पर्यटकलाई ‘हाइअल्टिच्युड’का कारण लेँक लाग्ने समस्या रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा समीक्षा कँडेलले जानकारी दिए ।

मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै मुक्तिनाथ मन्दिरमा प्रदेश अस्पताल, बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाको सहयोग र समन्वयमा हाइअल्टिच्युड सिक्नेस उपचार केन्द्र स्थापना गरिएको डा कँडेलले बताए ।

मन्दिर परिसरमा मुक्तिनाथ विकास समितिको कार्यालय रहेको भवनमा तीन शय्या र मुक्तिनाथ रानीपौवा बसपार्कदेखि मुक्तिनाथ मन्दिर जाने सिँढी बाटोको मध्यभागमा नेपाली सेनाद्वारा निर्मित दर्शनार्थी विश्रामस्थल भवनमा तीन शय्या गरी कूल छ शय्याको उपचार केन्द्र सञ्चालनमा रहेका उनले बताए ।

डा. कँडेलका अनुसार चालु वर्षको सोही अवधिमा तीन जना नेपालीसहित छ जना विदेशी पर्यटकको हाईअल्टिच्युडका कारण लेँक लागेर मृत्यु भइसकेको छ ।