२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयको निर्देशनपछि विमानस्थलका सरसफाइसम्बन्धी तस्बिर र भिडियो सार्वजनिक

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनपछि देशभरिका विमानस्थलहरूले आफ्नो परिसरमा गरिएको सरसफाइ तथा सुविधा सुधारसम्बन्धी तस्बिर र भिडियो उपलब्ध गराउन थालेका छन्।

मन्त्रालयले ती सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित विभिन्न आन्तरिक विमानस्थलहरूबाट सरसफाइ तथा व्यवस्थापन सुधारसम्बन्धी दृश्य सामग्री पठाइएको जनाइएको छ।

मन्त्रालयले विमानस्थलभित्र स्तनपान कक्षको व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, स्यानिटरी प्याड नि:शुल्क वितरण गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ। शौचालय तथा अन्य सार्वजनिक क्षेत्रलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सफा राख्न समेत निर्देशन दिइएको छ।

उक्त निर्देशनअनुसार भद्रपुर, त्रिभुवन र तुम्लिङटार विमानस्थलका सरसफाइ तथा व्यवस्थापनसम्बन्धी तस्बिर मन्त्रालयले सार्वजनिक गरिसकेको छ।

विमानस्थलहरूमा सरसफाइ र आधारभूत सुविधा सुधार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो निर्देशन जारी गरेको हो। यसले यात्रु सेवाको गुणस्तर तथा सार्वजनिक स्वास्थ्यसम्बन्धी मापदण्ड पालनामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।