२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा आन्दोलनले राजनीतिक परिवर्तन सम्भव बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको टिप्पणी

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हालै भएको जेन जेड आन्दोलनले नेपालको राजनीतिक संरचनामा उल्लेखनीय परिवर्तन ल्याएको दाबी गरेका छन्।

उनका अनुसार सो आन्दोलनका कारण प्रमुख दुई दलको सहकार्यमा बनेको सरकार ढलेको हो।

भारतको नयाँ दिल्लीस्थित आईटीएम विश्वविद्यालयद्वारा आयोजित राममनोहर लोहिया स्मृति व्याख्यानमा बोल्दै उनले नेपालमा युवापुस्ताको सक्रिय हस्तक्षेपले नयाँ राजनीतिक युगको सुरुआत गरेको बताएका हुन्।

भट्टराईले राममनोहर लोहियाको “सक्रिय समाजले पाँच वर्षसम्म पर्खँदैन” भन्ने विचार स्मरण गर्दै नेपालमा पनि पछिल्लो समयमा भएको प्रदर्शनले यही सन्देश पुष्टि गरेको टिप्पणी गरे। उनका अनुसार जेन जेड पुस्ताले भ्रष्टाचार, सुशासनको अभाव र आर्थिक असमानताविरुद्ध संगठित रूपमा आवाज उठाएको हो।

उनले युवाको प्रत्यक्ष सहभागिताले राजनीतिक रूपान्तरण सम्भव भएको उल्लेख गर्दै हालको परिवर्तनलाई नयाँ पुस्ताको हस्तक्षेपको परिणामका रूपमा व्याख्या गरे। साथै, नेतृत्व तहमा युवा पुस्ताको उदय देखिएको उदाहरणका रूपमा नयाँ नेतृत्व संरचनालाई उनले उल्लेख गरे।

भट्टराईले संविधान जारी भएपछि नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरेको उल्लेख गर्दै परम्परागत दलभन्दा फरक वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता पहिलेदेखि उठाउँदै आएको धारणा दोहोर्‍याएका छन्।

उनका अनुसार समयक्रममा समाजभित्रका असन्तुष्टि जेन जेड आन्दोलनका रूपमा प्रकट भएका हुन्, जसले राजनीतिक संरचनामा नयाँ नेतृत्वलाई स्थान दिएको छ।

उनले अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र द्वन्द्व बढिरहेको वर्तमान परिस्थितिमा सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

0 Comments