२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुमति बिना आयोजना हुन लागेको आईभीएफ परामर्श शिविर रोक्न मेडिकल काउन्सिलको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आवश्यक अनुमति नलिई सञ्चालन गर्न तयारी गरिएको एक स्वास्थ्य शिविर तत्काल स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

काउन्सिलका रजिष्ट्रार डा. सतिश कुमार देवले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पत्राचार गर्दै सामाजिक सञ्जाल तथा प्रचार सामग्रीमार्फत सार्वजनिक गरिएको ‘आईभीएफसम्बन्धी परामर्श सेवा (मेडिकल क्याम्प तथा कन्सल्टेसन कार्यक्रम)’ रोक्न आग्रह गरेका हुन् ।

प्राप्त जानकारीअनुसार उक्त कार्यक्रम अप्रिल १६ मा काठमाडौँस्थित होटेल याक एण्ड यतिमा आयोजना गर्ने तयारी गरिएको थियो, जसमा काउन्सिलको ध्यानाकर्षण भएको उल्लेख छ ।

पत्रमा डा. जयदीप मल्होत्रा र डा. नरेन्द्र मल्होत्राको नामसमेत प्रचार सामग्रीमा समावेश गरिएको जनाइएको छ ।

काउन्सिलका अनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२० तथा सम्बन्धित नियमावली २०२४ बमोजिम कुनै पनि विदेशी वा स्वदेशी चिकित्सक तथा संस्थाले नेपालभित्र चिकित्सा सेवा, परामर्श, शिविर वा उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुअघि अनिवार्य रूपमा दर्ता र पूर्व स्वीकृति लिनुपर्ने प्रावधान छ ।

तर, उपलब्ध प्रचार सामग्रीको अध्ययनका क्रममा सम्बन्धित चिकित्सक तथा संस्थाले काउन्सिलमा दर्ता वा आवश्यक अनुमति लिएको स्पष्ट प्रमाण नदेखिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार अनुमति बिना यस्ता गतिविधि सञ्चालन गर्नु कानुनी व्यवस्था विपरीत मात्र नभई जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण हुन सक्ने भएकाले तत्काल रोक्नुपर्ने अवस्था देखिएको हो ।

यसै सन्दर्भमा कार्यक्रम रोक्न तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ । साथै भविष्यमा यस्ता कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित निकायबाट अनिवार्य स्वीकृति लिन सबै सरोकारवालालाई सचेत गराउन पनि काउन्सिलले आग्रह गरेको छ ।

0 Comments