काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिको सभापति चयन प्रक्रियालाई केन्द्रमा राख्दै प्रमुख प्रतिपक्षी दलले आह्वान गरेको विपक्षी दलहरूको संयुक्त बैठकमा केही राजनीतिक दलहरूको सहभागिता देखिएको छैन ।
नेपाली काँग्रेसले बोलाएको उक्त छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टी अनुपस्थित रहेका जनाइएको छ ।
संसदीय समितिका सभापति निर्वाचनबारे साझा धारणा बनाउनका लागि आयोजित उक्त बैठकमा नेकपा एमाले र नेकपाका प्रतिनिधिहरू भने सहभागी भएका थिए ।
यसैबीच, सत्ता पक्षीय सहकार्यका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुवी कुमारी ठाकुरलाई समर्थन गरेको थियो ।
त्यसैगरी सार्वजनिक लेखा समितिको सभापति पद प्रमुख प्रतिपक्षी दललाई दिने विषयमा रास्वपाले निर्णय गरिसकेको छ ।







