२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तयारी, पारदर्शिता र पहुँच विस्तारमा जोड

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले आगामी बजेट अधिवेशनलाई थप प्रभावकारी र परिणाममुखी बनाउने गरी तयारी भइरहेको बताएका छन् ।

उनले संसद् सञ्चालन प्रक्रियामा पारदर्शिता अभिवृद्धि र सरोकारवालाको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको स्पष्ट पारेका छन् ।

सञ्चारकर्मीसँगको अन्तर्क्रियामा सभामुख अर्यालले संसदीय गतिविधि तथा समितिगत कामकारबाहीमा पत्रकारहरूको सहज पहुँच सुनिश्चित गर्न पहल भइरहेको जानकारी दिए ।

आफू सहज रूपमा सम्पर्कमा रहने व्यक्ति भएको उल्लेख गर्दै अधिकांश फोन कलहरूको जवाफ दिने गरेको पनि उनले बताए ।

हाल प्रयोगमा रहेको अस्थायी संसद् भवनका कारण प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू देखिएको स्वीकार गर्दै ती समस्याहरूलाई क्रमिक रूपमा समाधान गरिने बताए ।

उच्चस्तरीय कार्यक्रमहरू, विशेष गरी राष्ट्रपतिको उपस्थितिमा हुने कार्यक्रमहरूमा समेत भौतिक संरचनाको सीमितताले असहजता सिर्जना गरेको उनको भनाइ थियो ।

पत्रकारहरूको प्रवेश अनुमति, परिचयपत्र तथा रिपोर्टिङ पहुँचसम्बन्धी व्यवस्थापनलाई सन्तुलित र न्यायोचित ढंगले मिलाउनुपर्ने आवश्यकता औँल्याउँदै कुनै पनि समूहले विभेदको अनुभूति नगर्ने गरी नीति निर्माण गरिने उनले उल्लेख गरे ।

यसैबीच प्रतिनिधि सभा को नियमावली निर्माण प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै त्यसमा सरोकारवालाहरूको सहभागिता र पारदर्शिता सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक व्यवस्थाको आधारभूत तत्त्व अभिव्यक्ति स्वतन्त्रता रहेको उल्लेख गर्दै संविधान र प्रचलित कानुनको सीमाभित्र रहेर सबैलाई आफ्नो धारणा राख्न पाउने वातावरण आवश्यक रहेको उनले बताए । साथै, विगतका अभ्यासहरू समयानुकूल नहुन सक्ने भन्दै प्रविधि, नयाँ पुस्ता र वर्तमान सामाजिक सन्दर्भअनुसार संसदीय अभ्यासमा सुधार आवश्यक रहेको धारणा राखे ।

संसदीय समितिहरूलाई खुला, उत्तरदायी र पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने अपेक्षा व्यक्त गर्दै उनले आगामी अधिवेशनलाई गुणस्तरीय र परिणाममुखी बनाउनेतर्फ केन्द्रित रहने बताएका छन् ।

0 Comments