बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार जग्गाको नयाँ श्रेष्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले खाम्चालाई सेवाग्राहीबाट रु। २ लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
नियन्त्रणका क्रममा उनको साथबाट घुस रकम रु. २,००,००० सँगै स्रोत नखुलेको थप रु. ३,५०,०००समेत बरामद गरिएको आयोगले जनाएको छ। साथै, एउटा मोबाइल फोन पनि जफत गरिएको छ।
खाम्चालाई जिल्ला रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। आयोगले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

One Comment
Leave a Reply
You must be logged in to post a comment.








विचौलियाको भागाभागपछि मालपोतमा रजिष्ट्रेशन र मुद्दाका कर्मचारी झनै विचौलिया भन्दा पनि बढि घुस्याहा प्रवृत्तिका छन्।