२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस रूपान्तरणका लागि थापाको डिजिटल र संरचनात्मक सुधार प्रस्ताव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सभापती गगन थापाले पार्टीको संगठनात्मक ढाँचा र कार्यशैलीलाई समयानुकूल बनाउने उद्देश्यसहित सुधारसम्बन्धी नयाँ अवधारणा सार्वजनिक गरेका छन्।

कोशी प्रदेशस्तरीय चुनावी समीक्षा कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै उनले अनुभव र युवा ऊर्जाको संयोजनमार्फत पार्टीलाई पुनर्संरचना गर्ने योजना अघि सारे। उनका अनुसार लामो समय योगदान दिएका नेताहरूको अनुभवलाई संस्थागत गर्न ‘विजडम काउन्सिल’ गठन गरिनेछ भने युवा पुस्तालाई आकर्षित र सक्रिय बनाउन ‘युथ काउन्सिल’ निर्माणमा जोड दिइनेछ।

पार्टीको क्रियाशील सदस्यता प्रणालीमा देखिएका समस्या समाधान गर्न प्रविधिमैत्री प्रणाली लागू गर्ने तयारी पनि उनले उल्लेख गरे। सदस्यहरूको आधारभूत विवरण व्यवस्थापनमा देखिएको कमजोरीलाई सुधार गर्दै अब सदस्यता नवीकरण प्रक्रिया पारदर्शी र डिजिटल माध्यममार्फत सञ्चालन गरिने योजना प्रस्तुत गरिएको छ।

थापाका अनुसार यस व्यवस्थाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई समेत सहज रूपमा पार्टीसँग आबद्ध रहन मद्दत पुग्नेछ। प्रत्येक सदस्यको डिजिटल पहिचान सुनिश्चित गर्ने लक्ष्य राखिएको उनले बताए।

पार्टीको छवि सुधारका लागि काँग्रेस नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहमा सुशासनको अभ्यास देखिनुपर्ने आवश्यकता औँल्याउँदै उनले संगठनलाई आधुनिक र उत्तरदायी बनाउने दिशामा ध्यान दिनुपर्ने बताए।

कार्यक्रमका क्रममा कार्यकर्ताबाट आएका सुझाव र गुनासोलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै उनले आन्तरिक एकता सुदृढ बनाउन सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै आगामी महाधिवेशनसम्म संगठनलाई सुदृढ बनाउने अभियानमा एकताबद्ध हुन उनले आह्वान गरे।

0 Comments