२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपी कार्कीद्वारा नयाँ बसपार्क ट्राफिक प्रहरी भवन उद्घाटन

अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुनर्निर्मित कार्यालय भवन बिहीबार एक कार्यक्रमबिच उद्घाटन गरेका छन्। उद्घाटनपछि उनले भवनको अवलोकन पनि गरे।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई कदर पत्र र प्रशंसा पत्र प्रदान गरेका छन्।

सो अवसरमा उनले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको भूमिकालाई आत्मसात् गर्दै पुनर्निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण संघ-संस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गरे। पुनर्निर्मित भवनबाट प्रवाह हुने सेवा अझ नागरिकमैत्री र व्यावसायिक हुनुपर्नेमा उनले जोड दिए।

प्रहरी र नागरिकबिचको सुदृढ सम्बन्धले मात्र सुरक्षित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उनले पुनर्निर्माणमार्फत प्राप्त सहयोगले प्रहरीलाई थप हौसला मिलेको र यस्तो सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्।

उनले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन ल्याई बोली, वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताए।

“प्रहरी पेसा होइन, सेवा हो,” भन्ने भावनासहित नागरिकको कानुनसम्मत अपेक्षा पूरा गर्न पुनर्निर्मित भवनले थप प्रेरणा दिने उनको भनाइ थियो।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौँ महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष खेमराज तिवारीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसैगरी, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने पुनर्निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

0 Comments