२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब निक्षेप संकलन घोषणा

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा बजार ब्याजदरलाई सन्तुलित बनाउन १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यसका लागि केन्द्रीय बैंकले १९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रिया अघि बढाउने जनाएको छ।

राष्ट्र बैंकका अनुसार उक्त बोलकबोलमा इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्। अनलाइन खरिद प्रणालीमार्फत शुक्रबार बोलकबोल सञ्चालन गरिनेछ भने प्राप्त प्रस्तावका आधारमा ब्याजदर निर्धारण हुनेछ।

निक्षेप संकलन रकमको बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरलाई आधार मानिनेछ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः आह्वान गरिएको कुल रकमसम्म रकम स्वीकृत गरिने व्यवस्था गरिएको छ।

यस प्रक्रियामा न्यूनतम १० करोड रुपैयाँ बराबर बोलकबोल गर्न सकिनेछ। साथै, अधिकतम सीमा भने ५ करोड रुपैयाँले भाग गर्दा शेष नरहने गरी कुल आह्वान रकमभित्र रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

आज संकलन गरिने निक्षेप उपकरणको मूलधन तथा ब्याज २०८३ वैशाख ३० गते भुक्तानी गरिनेछ।

खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापनका लागि कारोबार सञ्चालन समितिले आवश्यक ठानेको अवस्थामा बढीमा ६ महिनासम्म अवधिको संरचनात्मक निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार केन्द्रीय बैंकले पछिल्ला समयहरूमा पटक-पटक यस्ता उपकरणमार्फत बजारबाट तरलता तान्दै आएको छ।

0 Comments