२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग जापानी संसदीय टोलीले गर्‍यो भेटवार्ता

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेको जापानी संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

नेपाल भ्रमणमा रहेको हाउस अफ काउन्सिलर जापानका सदस्य तथा जापान-नेपाल संसदीय मैत्री लिगका अध्यक्ष योसुके ट्सुरुहो नेतृत्वको टोलीले आज सिंहदरबारमा राष्ट्रिय सभा अध्यक्ष दाहालसँग भेटवार्ता गरेको हो । 

भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित, संसदीय सहकार्य र सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए । सो अवसरमा राष्ट्रिय सभा अध्यक्ष दाहालले जापान नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको चर्चा गर्दै नेपाललाई विभिन्न क्षेत्रमा जापानले सहयोग गर्दै आएको बताए ।

नेपाल–जापान कूटनीतिक सम्बन्धका ७० वर्ष भइसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले विभिन्न कूटनीतिक तथा संसदीय भ्रमणहरूले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन भूमिका खेल्ने बताए । नेपालको संघीय संसद्ले छिट्टै नेपाल–जापान संसदीय मैत्री समूह गठन गर्ने जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास र अनुभव आदानप्रदानका लागि मैत्री समूहले काम गर्ने बताए ।

गौतम बुद्ध र लुम्बिनीले दुई देशबीचको सामाजिक सांस्कृतिक सम्बन्ध विस्तारमा विशिष्ट भूमिका खेलेको चर्चा गर्दै अध्यक्ष दाहालले लुम्बिनी–जापान सिधा हवाई सेवा सुरु गर्नका लागि जापान सरकारले पहल गर्ने विश्वास व्यक्त गरे । नेपाली विद्यार्थी र कामदारहरूका लागि जापान आकर्षक गन्तव्य रहेको उल्लेख गर्दै दाहालले यसले दुई देशबीच जनस्तरको सम्बन्ध सुदृढ बनाउन योगदान दिएको बताए ।

सो अवसरमा जापान-नेपाल संसदीय मैत्री लिगका अध्यक्ष योसुकेले नेपाल भ्रमणमा आउन पाउँदा निकै खुसी लागेको बताउँदै संसदीय सहकार्यले दुई देशबीचको सम्बन्ध थप बलियो हुने बताए । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलको हालै जापानमा भएको भ्रमणको चर्चा गर्दै उनले उक्त भ्रमणले जापान-नेपाल सम्बन्ध थप मजबुत बनाउन विशेष भूमिका खेलेको बताएका छन् । 

अहिले जापान-काठमाडौँ नियमित हवाई उडान भइरहेको उल्लेख गर्दै उहाँले लुम्बिनी–जापान हवाई उडानबारे नेपालस्थित जापानी दूतावासमार्फत छलफल गर्ने बताए । 

भेटमा नेपालस्थित जापानी राजदूत मयडा तोरुको पनि सहभागिता रहेको थियो ।

0 Comments