२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माइतीघरमा आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात भएको महेश बस्नेतको आरोप

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नी श्रीमतीमाथि गालीगलौज र हातपात भएको आरोप लगाउँदै घटनाप्रति आपत्ति जनाएका छन्।

सोमबार दिउँसो माइतीघर मण्डलामा भएको भनिएको झडपका क्रममा आफ्नो श्रीमतीसहित केही महिलामाथि केही व्यक्तिहरूले दुर्व्यवहार गरेको दाबी उनले गरेका हुन्।

उक्त स्थानमा शोभा पाठक, रश्मिला धामीलगायत सहभागी समूहले सुधन गुरुङलाई पुनः पदस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरिरहेको बेला बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित अन्य केही महिला पनि त्यहाँ पुगेका थिए। त्यस क्रममा दुई पक्षबीच विवाद र झडप भएको जनाइएको छ।

बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै साइबर अपराधसम्बन्धी उजुरी दिन जाने क्रममा माइतीघर क्षेत्रमा भिडभाड देखिरहेको बेला आफ्नी श्रीमतीसहित अन्य महिलामाथि गालीगलौज र हातपात भएको आरोप लगाएका छन्। साथै, घटनापछि आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि उनले बताएका छन्।

उनले केही सञ्चार माध्यमले घटनालाई तोडमोड गरी गलत ढंगले प्रस्तुत गरेको दाबी गर्दै आपत्ति जनाएका छन्। माइतीघरजस्तो सार्वजनिक स्थललाई व्यक्तिको चरित्र हत्या गर्ने माध्यमका रूपमा प्रयोग गर्नु गलत भएको उनको भनाइ छ।

बस्नेतले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग गर्दै राज्य मौन रहनु उचित नहुने बताएका छन्। न्याय नपाए सशक्त प्रतिरोधमा उत्रिने चेतावनीसमेत उनले दिएका छन्।

यसैबीच, शोभा पाठकले भने बस्नेतकी श्रीमती र नेकपा एमालेका कार्यकर्ताबाट आफूहरूमाथि आक्रमण भएको आरोप लगाएकी छन्।

0 Comments