काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले सोमवार एक सूचनामार्फत उपसचिव पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८८/०८२-८३ (खुला), नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, हाइड्रो जियोलोजी उपसमूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८७/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा उम्मेदवार पनि सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१८५/०८२-८३ (आ.प्र.), नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, रा.प द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदमा पनि उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








