२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानमा सुकुम्वासी बस्तीबारे कावा मेयर बेघाको प्रतिबद्धता, डोजर नचल्ने आश्वासन

अ+ अ-

काठमाडौँ । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख आइन्द्रविक्रम बेघाले सुकुम्वासी बस्ती हटाउने अभियानकाबीच आफ्नो कार्यकाल रहुन्जेल धरानमा डोजर प्रयोग हुन नदिने स्पष्ट बताएका छन् ।

संघीय सांसद बनेपछि हर्क साम्पाङको अनुपस्थितिमा उपमहानगरको नेतृत्व सम्हालिरहेका बेघाले नेपाल बसोबास बस्ती संरक्षण समाजले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफू कार्यवाहक प्रमुखका रूपमा जिम्मेवारीमा रहुन्जेल कुनै पनि हालतमा बस्तीमा डोजर नचल्ने र चल्न नदिने स्पष्ट धारणा राखेका छन् ।

बेघाले भने, “म नगरको कार्यवाहक प्रमुख रहुन्जेल यहाँ डोजर चल्ने छैन, म चल्न दिन्नँ।”

उनका अनुसार हाल संघीय सरकार तथा सम्बन्धित निकायबाट सुकुम्वासी व्यवस्थापनसम्बन्धी विभिन्न पत्राचार प्राप्त भए पनि धरानको क्षेत्राधिकारभित्र त्यसअनुसार बल प्रयोग वा भत्काउने कार्य नहुने उनको अडान छ ।

उनले थप भिडियो सन्देशमार्फत धरानमा कुनै पनि नागरिक घरविहीन हुने वा घर भत्काउने अवस्था नआउने उल्लेख गरेका छन् । संघीय सरकारप्रति प्रत्यक्ष टिप्पणी नगरी, आफ्नो क्षेत्राधिकारभित्र मानवीय दृष्टिकोण प्राथमिक रहने उनको भनाइ छ ।

सुकुम्वासी प्रतिनिधिहरूले काठमाडौँमा भइरहेको डोजर कारबाहीको सन्दर्भ उठाउँदै धरानमा भने आफूहरू सुरक्षित रहेको अनुभूति भएको बताएका छन् ।

बेघाले सुकुम्वासी समस्या राजनीतिकभन्दा बढी मानवीय र कानुनी दृष्टिकोणबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । धरानमा करिब १५ हजारभन्दा बढी सुकुम्वासी रहेको उनले उल्लेख गरेका छन् ।

त्यसैगरी उनले प्रभावित समुदायलाई तनाव नलिन र संयमित रहन आग्रह गर्दै उपमहानगरपालिका अभिभावकको भूमिकामा रहने भन्दै आश्वस्त पारेका छन् ।

0 Comments