२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीको दाबी : आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा, निजी क्षेत्रको सुझाव बजेटमा समेटिने

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश गरिसकेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटमा उनले सुधारमुखी नीतिगत कदमहरू अघि बढाइएको स्पष्ट पारेका हुन् ।

उनका अनुसार राजस्व अनुसन्धान विभाग खारेज भइसकेको र कर संरचना घटाउने दिशामा समेत तयारी भइरहेको छ । अर्थतन्त्रलाई सुदृढ बनाउन राजस्व वृद्धि, रोजगारी सिर्जना र समग्र आर्थिक आकार विस्तारलाई प्राथमिक लक्ष्य बनाइएको उनले बताए ।

मन्त्री वाग्लेले सरकारले उदार आर्थिक नीति अवलम्बन गर्दै निजी क्षेत्रलाई सहज वातावरण उपलब्ध गराउने दिशामा काम भइरहेको उल्लेख गरे । आगामी बजेट व्यवसायी तथा आम नागरिक दुवैलाई उत्साहित गर्ने खालको हुने र निजी क्षेत्रका रचनात्मक सुझावलाई समेटिने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि विस्तृत सुझाव पेस गरेको छ । अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले अर्थतन्त्रलाई गतिशील बनाउने उद्देश्यसहित सुझाव प्रस्तुत गरेको हो ।

चेम्बरले बजेटलाई निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने प्रकृतिको बनाउनुपर्नेमा जोड दिएको छ । साथै आर्थिक स्थायित्व, सुशासन र व्यवसायमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरिएको छ ।

कृषि, पर्यटन, उद्योग, सूचना प्रविधि, ऊर्जा, वैदेशिक लगानी, निर्यात प्रवर्द्धन तथा कर प्रणाली सुधारलाई समेटेर सुझाव दिइएको चेम्बरले जनाएको छ ।

कृषि क्षेत्रमा आधुनिकीकरण, सहुलियत कर्जा र बजार पहुँच विस्तारलाई प्राथमिकता दिनुपर्ने, बाँझो जमिन उपयोगमा ल्याउन लिज प्रणालीमार्फत उत्पादनमा जोड दिनुपर्ने सुझाव दिइएको छ ।

पर्यटन क्षेत्रमा पूर्वाधार विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धन आवश्यक रहेको, उद्योग क्षेत्रमा उत्पादन लागत घटाउने तथा प्रक्रिया सरल बनाउने नीति आवश्यक रहेको उल्लेख गरिएको छ । सूचना प्रविधि क्षेत्रमा कर छुट तथा डिजिटल पूर्वाधार विस्तारको माग गरिएको छ भने ऊर्जा क्षेत्रमा निजी लगानी आकर्षित गर्दै जलविद्युत् विकासलाई तीव्र बनाउनुपर्ने सुझाव छ ।

त्यसैगरी कर प्रणाली सरल बनाउन एकद्वार सेवा लागू गर्नुपर्ने, निर्यात प्रवर्द्धनका लागि प्रोत्साहन नीति आवश्यक रहेको तथा ‘मेड इन नेपाल’ उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको सीप उपयोग गर्न स्वदेशमै लगानी वातावरण बनाउनुपर्ने तथा उनीहरूको सीप र दक्षता सम्बन्धी विवरण अध्यागमन विभागमा अभिलेखीकरण गर्ने व्यवस्था आवश्यक रहेको सुझाव पनि प्रस्तुत गरिएको छ ।

0 Comments