२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब धादिङका सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याइने

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय धादिङले सेवाग्राहीको घरदैलोमा नै राहदानी पुर्‍याउन सुरु गरेको छ । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवाअनुरूप जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउने कामको थालनी गरेको हो ।

जिल्ला हुलाक कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच सेवाग्राहीको घरदैलोमा राहदानी पुर्‍याउने समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सेवा सुरु भएको प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।

बजार क्षेत्रमा सोही दिन र सदरमुकाम रहेको नगरपालिकाभित्र तीन दिनभित्र र अन्य स्थानमा डाँक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी पुर्‍याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वैशाख ७ गतेपछि आवेदन दिएका सबै राहदानी सेवाग्राहीहरूको चाहना र आवश्यकताअनुसार घरघरमा पुर्‍याइनेछ । “राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीसँग आफ्नो पालिकाभित्र राहदानी बुझ्ने ठेगाना र सम्पर्क नम्बर जिल्ला प्रशासन कार्यालयले लिइराख्ने र राहदानी बनेर आएपछि त्यही ठेगानामा राहदानी पुर्‍याइनेछ”, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने ।

यस सेवाले जिल्लाका विकट क्षेत्रहरूबाट पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्नेछ । “राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्‍याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रशासनबाट लिने व्यवस्था छ ।

जिल्लाको सदरमुकाममा सोही दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरूमा डाँक ढुवानी तालिकाबमोजिम पालिका हुलाक कार्यालयमा पुर्‍याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत नारायणप्रसाद पोखरेलले बनाए । यो व्यवस्था लागू भएसँगै सेवाग्राहीले सदरमुकाम धाउनुपर्ने, लामो लाइन बस्नुपर्ने, बिचौलियामा निर्भर हुनुपर्ने तथा पटक-पटक कार्यालय धाउनुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

0 Comments