२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निर्वाचन परिणामले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर, गम्भीर समीक्षा आवश्यक’ : विष्णु पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ मा सम्पन्न निर्वाचन परिणामले नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो राजनीतिक धक्का पुगेको बताएका छन्।

उनले उक्त परिणामलाई गम्भीर रूपमा विश्लेषण गर्दै आगामी दिशा तय गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

२७औँ यदु स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले पछिल्ला करिब १० वर्षका राजनीतिक गतिविधि, निर्णय र कार्यशैलीको समग्र समीक्षा गरिने जानकारी दिए।

उनले विगतमा झन्डै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्ने अवसर प्राप्त हुँदाहुँदै त्यसलाई दीर्घकालीन रूपमा कायम राख्न नसक्नुका कारणहरूबारे आत्मसमीक्षा आवश्यक रहेको बताए। पार्टीभित्र विचार, नीति र नेतृत्व तहमा पुनर्संरचना गरिने विषयमा पनि उनले जोड दिए।

पौडेलका अनुसार नेतृत्व पद्धति, संगठनात्मक व्यवहार, आचरण तथा कार्यशैलीमा देखिएका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गरिनेछ।

उनले जनतासमक्ष विगतका त्रुटिप्रति आत्मालोचना गर्दै क्षमा याचना गर्ने र जन पक्षीय काममा पुनः प्रतिबद्ध हुने सन्देश दिने बताए।

उनले कम्युनिस्ट आन्दोलनले विभिन्न समयमा दक्षिणपन्थी अवसरवादका कारण पनि क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै वैचारिक स्पष्टता र संगठनात्मक अनुशासनमार्फत आन्दोलनलाई पुनर्जीवित गर्नुपर्ने धारणा राखेका छन्।

0 Comments