२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति

अ+ अ-

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बस्दै आएका वास्तविक सुकुम्वासीको व्यवस्थापनका लागि नयाँ समझदारी भएको छ।

प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच पूरक सम्झौता गर्दै उनीहरूलाई वैकल्पिक घडेरी उपलब्ध गराउने सहमति गरिएको हो।

सम्झौताअनुसार प्रतिष्ठानको जग्गा र कटुवा खोलाबीचको क्षेत्रमा बसोबास गर्दै आएका करिब १५० घरधुरीमध्ये वास्तविक भूमिहीन पहिचान गरी नवलपुर बहुउद्देश्यीय सरोकार समितिमार्फत व्यवस्थापन गरिनेछ।

पहिचान भएका परिवारलाई अम्बापुर जग्गा एकीकरण आयोजनाअन्तर्गतको जग्गाबाट प्रत्येक घरधुरीलाई पाँच–पाँच धुर क्षेत्रफल बराबरको घडेरी उपलब्ध गराइने व्यवस्था गरिएको छ।

साथै, पुन:स्थापना गरिने स्थानमा आधारभूत पूर्वाधार सुनिश्चित गर्न सडक, विद्युत्, खानेपानी लगायत सुविधा विस्तारका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग आवश्यक समन्वय गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ।

उक्त सम्झौतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा। श्याम लम्साल र नवलपुर बहुउद्देश्यीय सरोकार समितिका अध्यक्ष तथा अम्बापुर जग्गा एकीकरण आयोजनाका प्रतिनिधि बलिभद्र रानाले हस्ताक्षर गरेका छन्।

यसअघि पनि सोही समितिको पहलमा प्रतिष्ठानका लागि नवलपुरस्थित जग्गा उपलब्ध गराउने प्रक्रियामा सहजीकरण गरिएको जनाइएको छ।

0 Comments