२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सरकारी अभिलेख दुरुपयोग गर्दै नक्कली जग्गाधनी खडा गरी जग्गा नामसारी गरेको अभियोगमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सियारी गाउँपालिका-२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा फर्जी कागजात प्रयोग गरी अन्य व्यक्तिको नाममा सारिएको उजुरीमाथि गरिएको अनुसन्धानपछि भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै आयोगले आरोप पत्र दायर गरेको हो।

अनुसन्धानका अनुसार मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा र खरिदार अजितकुमार साहनीको मिलेमतोमा अनियमितता भएको पाइएको छ।

त्यस्तै सियारी–२ का तत्कालीन वडाध्यक्ष रामकिशन थारू, वडा सदस्य वृजनारायण यादव तथा आफूलाई मृतकको भाइ बताउने बुद्धिराम कहारले योजनाबद्ध रूपमा मृतककी छोरी सन्जु कहारको कानुनी हक मेटाउने उद्देश्यले काम गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

छानबिनका क्रममा बुद्धिराम कहारलाई हकवाला देखाउने गरी तयार गरिएका नाता प्रमाणित, सर्जमिन मुचुल्का र चारकिल्ला प्रमाणित जस्ता कागजात नक्कली भएको पुष्टि भएको उल्लेख छ।

जिल्ला अदालत रुपन्देहीले ती कागजात फर्जी भएको ठहर गर्दै बदर गर्ने निर्णय गरिसकेको अवस्थामा साविक मैनहिया गाविसअन्तर्गतका विभिन्न कित्ताका करिब २ बिघा ५ कट्ठा जग्गा उनको नाममा नामसारी गरिएको पाइएको छ।

सरकारी अभिलेखमा झुटा विवरण प्रविष्ट गरी गलत स्रेस्ता तथा लालपुर्जा जारी गरिएको निष्कर्षसहित आयोगले कानुनी कारबाही अघि बढाएको हो।

आयोगले तत्कालीन मालपोत प्रमुख आचार्य र अधिकृत ढकालविरुद्ध कैद तथा जरिवानाको माग गरेको छ। त्यस्तै नायब सुब्बा, खरिदार र वडाध्यक्षसमेतलाई लिखत तयार तथा मिलेमतोमा संलग्न भएको भन्दै थप सजायको माग गरिएको छ।

मुख्य योजनाकारका रूपमा देखिएका बुद्धिराम कहारलाई पनि मुख्य कसुरदार सरह सजाय हुनुपर्ने मागसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

0 Comments