२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकल पौडेल दम्पतीविरुद्ध करिब ६९ करोड रुपैयाँ बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध करिब ६९ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ।

विभागले बुधबार काठमाडौँ जिल्ला अदालत, बबरमहलमा अभियोगपत्र दर्ता गरेको हो। विभागका निर्देशक सचितकुमार वाइवाका अनुसार कुल ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा अघि बढाइएको छ।

अभियोग अनुसार विकल पौडेलमाथि ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ र उनकी श्रीमती एलिना बस्नेतमाथि ७ करोड ८१ लाख ४४ हजार ५१ रुपैयाँ बराबरको अवैध सम्पत्ति शुद्धीकरण गरेको दाबी गरिएको छ।

विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३ अन्तर्गतका विभिन्न उपदफामा उल्लेखित कसुर भएको आधारमा मुद्दा दायर गरिएको जनाएको छ।

यसअघि विदेशी विनिमय अपचलनसँग सम्बन्धित विषयमा ६२ करोड ६५ लाख ९१ हजार ८९३ रुपैयाँ बिगो कायम गरी २०८१ असोज १४ गते नै जिल्ला अदालत काठमाडौँमा अर्को मुद्दा दर्ता गरिएको थियो।

उक्त अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको विश्लेषणपछि थप सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर पनि पुष्टि भएको विभागले जनाएको छ।

0 Comments