२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिममा नौ महिनामा १४ सय फरार कैदीबन्दी पक्राउ

अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक हजार ४६० जना फरार कैदीबन्दीलाई पक्राउ गरेको छ । विभिन्न आपराधिक घटनामा संलग्न हुनुका साथै अदालत र जिल्ला प्रशासन कार्यालयबाट कैद सजाय र जरिवाना गरी फरार रहेका प्रतिवादीलाई पक्राउ गरी कारबाही भइरहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदम विष्टले चालु आवको नौ महिना (चैत मसान्त) सम्म एक हजार ४६० फरार कैदीबन्दीलाई पक्राउ गरी कारागारसमेत चलान गरिएको बताए । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

प्रवक्ता विष्टका अनुसार प्रदेशको डडेल्धुराबाट १०१, डोटीबाट १२, अछामबाट ४३, दार्चुलाबाट ७३, बैतडीबाट नौ, बझाङबाट ५८ र बाजुराबाट २२ फरार कैदीबन्दी पक्राउ परेका छन् । “लामो समयदेखि कैद सजाय भएका फरार प्रतिवादी पक्राउ गर्न यहाँका नौवटै जिल्लामा प्रहरी टोली परिचालित छ”, उनले भने, “जेन जेड आन्दोलनका बेला कारागारबाट भागेका कैदीबन्दी पक्राउ गर्न प्रहरी सबैतिर सक्रिय छ ।”

गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा सुदूरपश्चिमका कारागारबाट कुल एक हजार ४५८ कैदीबन्दी फरार भएका प्रवक्ता विष्टले जानकारी दिए। तीमध्ये एक हजार १२० जना पक्राउ परेका छन् । तीन सय ३८ जना अझै फरार छन् ।  कारागारबाट भागेका अधिकांश कैदीबन्दी भारत गएर लुकेर बसेको हुनसक्ने प्रहरीले जनाएको छ । 

कञ्चनपुरमा प्रहरीले फरार कैदीबन्दी पक्राउ गर्न विशेष अभियान चलाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले एक सातायता फरार प्रतिवादी ७६ जना पक्राउ गरिएको बताए। “पक्राउ परेकामध्ये अधिकांश लागुऔषध मुद्दाका छन्”, उनले भने । 

0 Comments