२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ दिनको ‘स्वीप अपरेसन’मा लागूऔषध कारोबारमा संलग्न १ हजारभन्दा बढी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा अवैध कारोबारविरुद्ध सञ्चालन गरेको ‘स्वीप अपरेसन’ अन्तर्गत आठ दिनको अवधिमा देशभरबाट १ हजार ४४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार वैशाख ९ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको उक्त विशेष अभियानका क्रममा सबैभन्दा धेरै पक्राउ कोशी प्रदेशमा भएका छन्, जहाँ ५९३ जना नियन्त्रणमा परेका छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकाबाट ४१ जना, मधेश प्रदेशबाट ३० जना, बागमती प्रदेशबाट ५१ जना, गण्डकी प्रदेशबाट १४० जना, लुम्बिनी प्रदेशबाट ४२ जना, कर्णाली प्रदेशबाट ८७ जना तथा सुदूरपश्चिम प्रदेशबाट ६० जना पक्राउ परेका प्रहरी विवरणमा उल्लेख छ ।

अभियानको क्रममा ठूलो परिमाणमा लागू औषधसमेत बरामद गरिएको छ । प्रहरीले १७६ किलो ५१ ग्राम गाँजा, १६ किलो ८०९ ग्राम चरेस, १ किलो ३७२ ग्राम हेरोइन तथा १ किलो १४२ ग्राम पोलेन बरामद गरेको जनाएको छ ।

त्यसैगरी विभिन्न प्रकारका औषधिजन्य तथा मनोप्रभावी लागूऔषध पनि नियन्त्रणमा लिइएको छ । बरामद सूचीमा डाइजेपाम १,२२४ एम्पुल, फेनारगन १,४१७ एम्पुल, बुप्रेनोर्फिन १,०७६ एम्पुल, लुपिजेसिक ४१ एम्पुल, ट्रामाडोल ६२,०९५ ट्याब्लेट, नाइट्राभेट २४२ ट्याब्लेट तथा स्पास्मो १०३ ट्याब्लेट रहेका छन् ।

प्रहरीले लागूऔषध कारोबार तथा सम्बन्धित आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले देशभर समन्वित विशेष अभियान सञ्चालन गरिएको जनाएको छ ।

यसैबीच, लागूऔषध दुर्व्यसनका सामाजिक तथा व्यक्तिगत असरबारे जनचेतना अभिवृद्धि गर्न समुदाय–प्रहरी साझेदारीअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply