१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्यांकन गरिने

अ+ अ-

सिरहा । जिल्लामा मातृ तथा शिशु स्वास्थ्यलाई सुदृढ बनाउने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदाय स्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ । आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गरे । 

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान सञ्चालन भइरहेको छ । कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार सुनिश्चित गर्नुका साथै स्थानीय तहदेखि प्रदेश स्तरसम्म कुपोषणको जोखिम वर्गीकरण गरी आगामी योजना निर्माणको आधार तयार गर्नु हो ।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’को महत्वबारे जोड दिँदै भने, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन अत्यन्त महत्त्वपूर्ण हुन्छ । यस अवधिमा उचित पोषण सुनिश्चित गर्न सके स्वस्थ र सक्षम नागरिक निर्माण गर्न सकिन्छ ।” उनले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि मासिक रूपमा पोषण प्याकेज वितरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारीसमेत दिए ।

‘हेलेन केलर इन्टरनेसनल’को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम विस्तार गरिएको छ । हेलेन केलरका क्षेत्रीय सुपरिवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भने, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था लेखाजोखा गर्ने लक्ष्य राखेका छौँ । समुदायमै पुगेर गरिने यो मूल्यांकनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ ।”

साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन प्रत्येक पाँच वर्षको अन्तरालमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रिय स्तरको अध्ययन हुन सकेको छैन ।

दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिए। उनका अनुसार टोलीले टोल टोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्थाको स्क्रिनिङ गर्नेछन् र जटिल अवस्था देखिएमा तत्काल उपचारका लागि सन्दर्भ केन्द्रमा प्रेषण गरिनेछ ।

0 Comments