२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा रक्षाका लागि कूटनीतिक पहल थाल्न सरकारलाई ७ पूर्वराजदूतको अपिल

अ+ अ-

काठमाडौँ । चीनका लागि नेपालका पूर्वराजदूतहरुले संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन सरकारलाई अपिल गरेका छन् ।

नेपाल-चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णु पुकार श्रेष्ठ र कृष्ण प्रसाद ओलीले संयुक्त विज्ञप्ति जारी जारी गर्दै सरकारलाई सो आग्रह गरेका हुन् ।

नेपालको लिपुलेक हुँदै भारतले चीनको मानसरोबरसम्म पुग्ने बाटो खोलेको सन्दर्भमा उनीहरूको सो अपिल सार्वजनिक भएको हो ।

नेपाल र चीनको युगौँ पुरानो मैत्री सम्बन्धलाई अहिलेको जटिल हुँदै गइरहेको र भू-राजनैतिक चुनौती बढेको भन्दै उनीहरूले नेपालले सधैँ एक चीन नीति दृढतापूर्वक पालना गरेको र नेपालको भूमि कुनै पनि मित्र शक्ति विरुद्ध प्रयोग हुन नदिने नेपाल सरकारले लिँदै आएको प्रतिबद्धता स्मरण गरेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको हुँदा चीन र भारत नेपालको सार्वभौमिकताप्रति संवेदनशील हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालले हिजो जारी गरेको वक्तव्यको सह्राना गर्दै उनीहरूले आफ्नो सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर्न सराकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘साथै वर्तमान द्वन्द्वग्रस्त विश्व राजनीतिक, कूटनीतिक परिस्थिति, मध्यपूर्वमा देखिएको द्वन्द्व र त्यसले नेपाललाई पारेको प्रत्यक्ष र परोक्ष असरबारे गहिरो चिन्ता र चासो समेत व्यक्त गर्दै नेपाल सरकारले संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउने विश्वास पनि व्यक्त गर्दछौँ’, उनीहरूले भनेका छन् ।

अहिलेको विश्व परिवेशमा नेपाल र चीन बीच भएका बिआरआई लगायतका सबै आर्थिक, संस्कृतिक, शैक्षिक र विकास परियोजनाहरूको शीघ्र कार्यान्वयन र सञ्चालन गर्न नेपाल दृढतापूर्वक अघि बढ्नुपर्छ भन्ने उनीहरूको साझा मत छ ।

पूर्वराजदूतहरुले पञ्चशीलका आधारमा विकसित हुँदै आएको हाम्रा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सरकार प्रयत्नशील रहनेछ भन्ने विश्वास व्यक्त समेत गरेका छन् ।

‘मित्र राष्ट्र चीनले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, पूर्वाधार विकाश लगायतका क्षेत्रमा सदैव उदारतापूर्वक गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै र नेपालले पनि मित्र राष्ट्र चीनलाई दिएको राजनीतिक एवं कूटनीतिक सहयोग एवं समर्थनको स्मरण गर्दै पञ्चशीलका आधारमा विकसित हुँदै आएको हाम्रा दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन नयाँ सरकार प्रयत्नशील रहनेछ भन्ने हाम्रो विश्वास रहेको छ,’ उनीहरूले जारी गरेको अपिलमा लेखिएको छ ।

विश्वको दोस्रो ठुलो आर्थिक महाशक्ति चीन हाम्रो सिमाना जोडिएको र हामीप्रति गहिरो सद्भावना राख्ने देश हो भन्दै उनीहरूले नेपालको वर्तमान चुनौतीहरूलाई मनन गर्दै चीन र नेपालले सामाजिक आर्थिक विकासमा पहिलेको भन्दा अझ बढी पारस्परिक सहयोग गर्दै विकास परियोजनाहरूलाई तदारुकता साथ पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् । र, सरकारी स्तरमा मात्र होइन जनस्तरमा पनि आपसी सहयोगलाई सुदृढ गर्नुपर्छ भन्ने उनीहरूको निष्कर्ष छ ।

0 Comments