२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनचासो केन्द्रित छलफल गर्न कानुन मन्त्री गौतमको सांसदलाई आग्रह

अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसद् र संसदीय समितिका छलफललाई विषयवस्तु केन्द्रित बनाउँदै जनसरोकारका मुद्दामा ध्यान दिन सांसदहरूलाई आग्रह गरेकी छन्।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले पूर्वतयारीसहित एजेन्डा केन्द्रित छलफल भएमा सरकारका तर्फबाट पनि स्पष्ट र व्यवस्थित जवाफ दिन सहज हुने धारणा राखिन्।

उनका अनुसार विषयवस्तु स्पष्ट रूपमा निर्धारण गरेर छलफल अघि बढाइएमा सरकारलाई पनि आफ्नो धारणा तयार पार्न र उत्तर दिन प्रभावकारी वातावरण बन्न सक्छ। उनले सरकार सांसदहरूले उठाउने सबै विषयप्रति संवेदनशील रहेको पनि स्पष्ट गरिन्।

मन्त्री गौतमले समितिमा हुने छलफललाई व्यवस्थित र परिणाममुखी बनाउन एजेन्डा केन्द्रित अभ्यास आवश्यक रहेको उल्लेख गर्दै अहिलेको अभ्यासमा सुधार आवश्यक रहेको बताइन्। संसदमा बोल्ने समय छुट्टाइए पनि समितिमा त्यस्तो संरचित अभ्यास कम भएको उनको भनाइ थियो।

समितिको उद्देश्य विषयवस्तुमा केन्द्रित रहेर गहिरो छलफल गर्नु भएकाले अनावश्यक विषयान्तरले बैठकको प्रभावकारिता घट्न सक्ने भन्दै उनले सीमित समयलाई ध्यानमा राखेर छलफल व्यवस्थित गर्नुपर्नेमा जोड दिइन्।

उनले जनताका चासोका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न संसद् र समितिको कामलाई नियमबद्ध र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याइन्।

Leave a Reply