काठमाडौँ । भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने धार्मिक यात्रा पुनः सञ्चालन गर्ने निर्णय गरेपछि त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ।
सोमबार माइतीघर क्षेत्रमा संयुक्त विद्यार्थी संगठनहरूले भारतको उक्त निर्णयविरुद्ध प्रदर्शन गर्दै आपत्ति जनाएका हुन्।
प्रदर्शनकारीहरूले उक्त मार्ग नेपालभित्र पर्ने भूमि भएको भन्दै त्यस क्षेत्रमा कुनै पनि गतिविधि स्वीकार्य नहुने धारणा व्यक्त गरेका छन्।
यसैबीच नेपाल सरकारले लिपुलेक मार्गमा पर्ने भू-भाग नेपालको भएको स्पष्ट गर्दै आफ्नो अडान दोहोर्याएको छ।
भारतले केही दिनअघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुला गर्ने घोषणा गरेको थियो। भारतीय पक्षले यो धार्मिक यात्रा सन् २०२६ को जुनदेखि अगस्टसम्म सञ्चालन हुने जनाएको छ।
यस विषयमा परराष्ट्र मन्त्रालय ले कूटनीतिक नोटमार्फत उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न भारत र चीन दुवै पक्षलाई आग्रह गरेको थियो। तर भारतले भने यस विषयलाई पुरानै अभ्यास भएको दाबी गर्दै प्रतिक्रिया दिएको छ।







