१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि ४७ जनाको दाबी, छनोट प्रक्रिया अघि बढ्दै

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पदमा नियुक्तिका लागि ४७ जनाबाट आवेदन प्राप्त भएको छ। निर्धारित समयसीमा अनुसार सोमबार साँझ ५ बजेसम्म उक्त संख्यामा दरखास्त दर्ता भएको सम्बन्धित निकायले जनाएको छ।

अध्यक्ष पदका लागि सिफारिस गर्ने उद्देश्यले गठित समितिले वैशाख १५ गते सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको थियो। सोही सूचनाअनुसार इच्छुक उम्मेदवारहरूले अर्थ मन्त्रालयअन्तर्गत वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आवश्यक विवरण पेश गरेका हुन्।

प्रचलित धितो पत्रसम्बन्धी ऐन, २०६३ ले तोकेको मापदण्डअनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण भई धितोपत्र बजार व्यवस्थापन, पुँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा न्यूनतम सात वर्षको अनुभव हासिल गरेका व्यक्तिहरू आवेदनका लागि योग्य मानिएका छन्। साथै उम्मेदवार नेपाली नागरिक भई ३० वर्ष पूरा भइसकेको र ६५ वर्ष ननाघेको, उच्च नैतिक आचरण भएको हुनुपर्ने प्रावधान रहेको छ।

प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले उपयुक्त ठहरिएका तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्ने व्यवस्था छ। अन्तिम निर्णयअनुसार तीमध्येबाट एक जनालाई अध्यक्षमा नियुक्ति गरिनेछ।

यसअघि अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको छ।

0 Comments