२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यताको अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत सुदृढ बनाउने अभियान अघि बढाएको छ।

पार्टीका महामन्त्री प्रदीप पौडेलले विधान अनुसार सदस्यता अद्यावधिक प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन्।

उनका अनुसार वडास्तरमै एक पटक सदस्यता अद्यावधिक गरेपछि त्यसलाई पटक-पटक नवीकरण गरिरहनु नपर्ने व्यवस्था गरिएको छ। डिजिटल प्रणालीमार्फत अद्यावधिक भएपछि सदस्यहरूले छुट्टै ‘काँग्रेस आइडी’ प्राप्त गर्नेछन्।

महामन्त्री पौडेलले यस प्रक्रियाले सदस्यहरूको योगदान र पार्टीसँग जोडिएको इतिहास सुरक्षित राख्न मद्दत गर्ने उल्लेख गरे। साथै पार्टी र सदस्यबीच सूचना आदान-प्रदानलाई सहज बनाउँदै संगठनात्मक व्यवस्थापनमा प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

निर्वाचनमा सदस्यहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न तथा पार्टीका उम्मेदवारलाई सशक्त समर्थन जुटाउन डिजिटल सदस्यता प्रणाली उपयोगी हुने उनको भनाइ छ। उनले पार्टीका सबै तहका संरचनालाई सदस्यता अद्यावधिक अभियानमा सक्रिय रूपमा संलग्न हुन आग्रह समेत गरेका छन्।

0 Comments