२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन

अ+ अ-

काठमाडौँ । जोखिमयुक्त सडक खण्डमा सवारी सञ्चालन नियन्त्रण गरी यात्रु तथा सवारीसाधनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

प्राधिकरणले जोखिम देखिएका स्थानमा सवारी आवागमन बन्द गर्ने निर्णयको उल्लंघन गर्ने चालक तथा सवारी धनीमाथि कारबाही गर्न पनि निर्देशन दिएको जनाएको छ।

हालै काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा पानीको सतह बढेपछि उत्पन्न जोखिमका बीच चेतावनी दिइँदा पनि पाँच वटा सवारी अगाडि बढ्दा यात्रुहरू बाढीमा फस्ने अवस्था सिर्जना भएको थियो। उक्त घटनामा फसेका ८९ जना यात्रुको सुरक्षित उद्धार गरिएको थियो।

यस्ता घटनाले यात्रु सुरक्षामा गम्भीर चुनौती देखिएको भन्दै प्राधिकरणले स्थानीय अवस्था र सडक जोखिमको मूल्याङ्कन गरी आवश्यक परे सवारी आवागमन बन्द गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो।

साथै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान तथा त्यसका आधारमा दिइने पूर्वसूचना र पूर्वचेतावनीको पालना गर्न प्राधिकरणले सबै सरोकारवालालाई अनुरोध गरेको छ।

0 Comments