१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थलमार्गबाट नेपाल आउने पर्यटकवाहक सवारी अब अनलाइनबाटै दर्ता, राजश्व भुक्तानी र नवीकरण सम्भव

अ+ अ-

काठमाडौँ । सरकारले स्थलमार्गमार्फत नेपाल भित्रिने विदेशी पर्यटकवाहक सवारी साधनका लागि अनलाइन सेवा सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले अस्थायी सवारी आयात (टीआईभी) सम्बन्धी सेवा डिजिटल प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो।

उक्त प्रणालीको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक कार्यक्रमबीच शुभारम्भ गरेका छन्। नयाँ प्रणाली लागू भएसँगै अब भारतीय पर्यटक तथा भारत हुँदै नेपाल आउने तेस्रो मुलुकका पर्यटकले आफ्ना सवारी साधनको विवरण अनलाइनबाटै भर्न र राजश्व भुक्तानी गर्न सक्नेछन्।

यसअघि यस्ता सवारी साधनले भन्सार नाकामै पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने व्यवस्था थियो। साथै, नेपाल बसाइका क्रममा इजाजत अवधि सकिएमा नवीकरणका लागि पुनः नाकामै जानुपर्ने वा जरिवाना तिर्नुपर्ने अवस्था रहेको थियो। नयाँ प्रणालीले उक्त प्रक्रियालाई अनलाइनमार्फत सरल बनाएको भन्सार विभागले जनाएको छ।

अर्थमन्त्री डा. वाग्लेले सीमा क्षेत्रमा पर्यटकले भोग्दै आएका झन्झट हटाउने उद्देश्यले सेवा सुरु गरिएको बताएका छन्। “सरकारले अनुसरण गरेको सुशासन र छरितो, गुणस्तरीय सार्वजनिक सेवा दिने घोषणा कार्यान्वयनको क्रममा यो कार्य सुरु गरिएको हो,” उनले भनेका छन्। उनले पर्यटकलाई सहज सेवा प्रदान गर्ने र प्रशासनिक प्रक्रिया छिटो बनाउनेतर्फ सरकार केन्द्रित रहेको पनि उल्लेख गरेका छन्।

भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीका अनुसार अब नेपाल प्रवेश गर्ने विदेशी सवारी साधनको विवरण स्वयं अनलाइनमार्फत घोषणा गर्न सकिनेछ। यसले प्रक्रिया थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ। उनका अनुसार राजश्व भुक्तानी पनि अनलाइन वा बैंक काउन्टरमार्फत गर्न सकिनेछ।

अनलाइनबाट शुल्क भुक्तानी गरेपछि प्राप्त हुने क्युआर कोड देखाएर सवारी साधनले भन्सार नाका पार गर्न सक्ने व्यवस्था गरिएको छ। सोही क्युआर कोडका आधारमा देशभर आवागमन गर्न पाइनेछ। साथै, नेपालमा रहँदा यात्रा अवधि सकिएमा पनि सम्बन्धित सवारीले आफ्नो बसोबास स्थलबाटै अनलाइनमार्फत अवधि नवीकरण गर्न सक्नेछन्।

यो सेवा प्रयोग गर्न भन्सार विभागको वेबसाइटमा गएर ‘हाम्रा सेवाहरू’ अन्तर्गत टीआईभी मोड्युलमा प्रवेश गरी आवश्यक विवरण भर्नुपर्ने व्यवस्था गरिएको छ। सबै विवरण अद्यावधिक गरेपछि क्युआर कोड प्राप्त हुने र त्यसैका आधारमा शुल्क तिरी सवारी नेपाल भित्र्याउन सकिने विभागले जनाएको छ।

भन्सार विभागका अनुसार नेपाल राष्ट्रिय एकद्धार प्रणालीमार्फत विदेशी नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले उक्त मोड्युल विकास गरिएको हो। हालका लागि यो सेवा भारतीय तथा तेस्रो मुलुकका पर्यटकका सवारी साधनमा लागू गरिएको छ। चीनतर्फबाट स्थलमार्गमार्फत सवारी आगमन भएमा सोमा पनि यही प्रणाली प्रयोग गर्न सकिने विभागले जनाएको छ।

विभागले यस प्रणालीबाट विशेष गरी भारत र बंगलादेशका पर्यटक लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।

0 Comments