हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अवसरमा उक्त दिन सार्वजनिक बिदा प्रदान गरिनेछ।
यससम्बन्धी व्यवस्था प्रदेश राजपत्रको खण्ड ९, संख्या ०९, भाग ३ मा चैत २३ गते प्रकाशित सूचनामा उल्लेख गरिएको छ।
मन्त्रालयले जारी गरेको सूचनामार्फत सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई उक्त निर्णयबारे जानकारी गराइएको छ।








