२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

अ+ अ-

काठमाडौँ । सार्वजनिक स्वास्थ्य सेवा प्रयोजनका लागि औषधि खरिद प्रक्रियामा अनियमितता भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतले दिएको सफाइ निर्णयप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सिराहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहितका प्रतिवादीहरूविरुद्ध आ.व. २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद गर्दा बदनियतपूर्वक बढी मूल्यमा खरिद-बिक्री गरिएको आरोपमा अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा झुट्टा बिल तथा भरपाई तयार गरी भुक्तानी लिइएको पुष्टि भएको दाबी गर्दै आयोगले उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) को उपदफा (ङ) र (ञ) अन्तर्गत पर्ने जनाएको छ।

आयोगले करिब ४ लाख ६० हजार रुपैयाँभन्दा बढी बिगो कायम गर्दै सोही ऐनअनुसार कैद, जरिवाना तथा बिगो असुल उपरको मागसहित विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।

तर मिति २०८१ असार २६ गते विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिने निर्णय गरेपछि आयोगले सो फैसलाप्रति असहमति जनाउँदै मिति २०८३ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको जनाएको छ।

0 Comments