२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको आर्थिक विवरणबारे नियोजित भ्रम फैलाइएको पारस खड्काको आरोप

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) तथा क्यानको आर्थिक विवरणलाई लिएर नियोजित रूपमा गलत प्रचार गरिएको आरोप लगाएका छन्।

विराटनगरमा सम्पन्न क्यानको वार्षिक साधारण सभामा सहभागी हुन पुगेका खड्काले केही पक्षबाट बेनामी उजुरीमार्फत अनावश्यक भ्रम सिर्जना गर्ने प्रयास भएको टिप्पणी गरे। उनका अनुसार क्यानले आवश्यक सबै आर्थिक कागजात सम्बन्धित निकायमा बुझाइसकेको छ र प्रक्रिया पारदर्शी रूपमा अघि बढाइएको छ।

खड्काले क्यानको गतिविधिलाई लिएर फैलाइएका शंकालाई आधारहीन भन्दै संस्थाको कामकाज नियमित प्रक्रिया अनुसार भइरहेको दाबी गरे।

साधारण सभाका अवसरमा उनले पूर्वाधार विकासका विषयमा भइरहेको पहलबारे पनि जानकारी दिए। उनका अनुसार मूलपानीस्थित क्रिकेट मैदानलाई क्यानको स्वामित्वमा ल्याउने प्रक्रिया अघि बढाइएको छ भने विराटनगरको बैजनाथपुर मैदान विकासका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ।

उनले नेपालको प्राथमिक खेल लक्ष्य ओडिआई मान्यता जोगाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्यता, अर्थात् टेस्ट राष्ट्र बन्ने दिशामा केन्द्रित रहेको बताए।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेको दुई दिने साधारण सभामा क्रिकेटसँग सम्बन्धित समसामयिक विषयहरूमा छलफल भइरहेको छ।

पछिल्लो १० महिनादेखि क्यानको औपचारिक नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयसमेत साधारण सभामा प्रमुख छलफलको एजेन्डा बन्ने अपेक्षा गरिएको छ। क्यानले यसअघि २०८१ असोजमा वार्षिक साधारण सभा सम्पन्न गरेको थियो।

0 Comments