१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तटबन्ध उचाइ बढाउन स्थानीयको माग

अ+ अ-

टीकापुर । कैलालीको टीकापुर–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् । 

उचाइ होचो भएकाले नदीमा पानीको बहाव बढेका बेला जोखिम कम नहुने स्थानीयको गुनासो छ । नदी किनारको उचाइ १२ मिटर भए पनि नौ मिटर कङ्क्रिटसहित तटबन्ध र त्यसको माथि एक मिटर ग्राभेल गरेर १० मिटर मात्र बन्न थालेको भन्दै स्थानीयले किनारको उचाइ बराबर बनाउन माग गरेका छन् । 

विसं २०७० मा चिसापानीमा पानीको बहाव १६ मिटर पुग्दा यहाँ १२ मिटर माथिबाट पनि पानी अति प्रवाह (ओभरफ्लो) भएर गाउँमा क्षति भएकाले तटबन्ध निर्माणमा समयमै ध्यान दिनुपर्ने कर्मीडाँडाका सिंहराज बुढामगरले बताए। “तटबन्ध दीर्घकालीन सोचका साथ बनाउनुपर्छ, यसअघि नै जोखिम मोलिसकेका नागरिक सुरक्षित राख्न तटबन्धको उचाइ पर्याप्त भएन”, उनी भन्छन्, “दुई मिटर होचो बन्दैछ, यसको उचाइ कम भयो । उचाइ बढाउन सबै क्षेत्रबाट पहल गरिदिन आग्रह गर्दछु । बर्खामा नदीमा पानीको बहाव बढेमा जोखिम हुन्छ ।”

तटबन्धको उचाइ कम भएकै कारण बर्सातमा कर्णाली नदीको पानी गाउँमा पसेमा टीकापुर–५ मात्र नभई तल्लो क्षेत्रका वडा ६, ७, ८ र ९ लाई पनि असर गर्ने देखिन्छ । यहाँ हरेक वर्ष आउने बाढीले कर्णाली नदीको पानी बस्तीमा पस्ने जोखिम रहेको छ । हरेक वर्ष तटीय क्षेत्रका दर्जनौँ परिवार बर्खामा घर छोड्नुपर्ने बाध्यता रहेको दक्षिण साहीपुरका बरघर धर्मराज जैशीको भनाइ छ । “अहिले बनिरहेको तटबन्ध उचाइ कम भएकाले जोखिम घट्ने देखिँदैन”, जैसी भन्छन्, “स्थानीयको डर घटेको छैन ।”

यहाँ रानीजमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत निर्माण कम्पनीले ठेक्का लिएर तटबन्ध गरिरहेको छ । आयोजनाले दिएको लागत अनुमानअनुसार काम गरिरहेको निर्माण कम्पनीले बताएको छ । “काम गर्ने क्रममा केही ठाउँहरू भत्काएर काम भइरहेको छ । भत्काएका ठाउँमा निर्माण चलिरहेको छ”, निर्माण कम्पनीका साइड इञ्चार्ज ओभरसियर माधवप्रसाद लेखकले भने, “सम्झौताअनुसार काम भइरहेको छ ।”

रानीजमरा कुलरिया सिँचाइ आयोजनाका सुपरभाइजर रामकृष्ण चौधरी अहिलेको काम लागत अनुमानअनुसार नै भइरहेको बताए। “यस्तो लागत अनुमान किन बन्यो भन्नेबारे आफूलाई जानकारी छैन, मैले मेरो जिम्मेवारी निगरानी गर्ने काम गरिरहेको छु”, उनले भने । 

कर्णाली नदीमा निर्माण कम्पनीले दुई हजार ३६३ घन मिटरको ठेक्का लिएर तटबन्ध निर्माण गरिरहेको छ ।  

0 Comments