२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिपुलेक नाकासम्बन्धी सरकारको मौनतामाथि हर्क साम्पाङको प्रश्न

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले लिपुलेक क्षेत्रलाई भारतले नाका सञ्चालनका रूपमा प्रयोग गरिरहेको विषयमा सरकारको भूमिकाप्रति प्रश्न उठाएका छन्।

उनले भारतले उक्त क्षेत्रमार्फत आवतजावत र व्यापारिक गतिविधि सञ्चालन गरिरहँदा नेपाल सरकार मौन रहेको आरोप लगाउँदै कूटनीतिक पहल प्रभावकारी रूपमा अघि नबढाइएको टिप्पणी गरेका छन्। कूटनीतिक नोट आदानप्रदान मात्र गरेर विषयलाई निष्क्रिय बनाइएको हो कि भन्ने आशंका पनि उनले व्यक्त गरेका छन्।

साम्पाङले सीमा सुरक्षामा खटाइनुपर्ने सुरक्षा निकायको प्रयोग कुन प्रयोजनमा भइरहेको छ भन्नेबारे पनि प्रश्न उठाएका छन्। सीमा संरक्षणमा कमजोर देखिएको सरकार सुकुम्वासी बस्ती तथा आन्तरिक क्षेत्रमा कडाइमा केन्द्रित भएको भन्दै उनले असन्तुलित प्राथमिकताको आलोचना गरेका छन्।

उनका अनुसार नागरिकको आवास अधिकारसमेत प्रभावित हुने गरी सरकारी कदम अघि बढाइएको छ भने सीमा सुरक्षामा अपेक्षित परिणाम देखिएको छैन। साथै, सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वर्तमान प्रशासनिक र राजनीतिक अभ्यास असफलतातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

साम्पाङले सांसदलाई छल्दै ल्याइएका अध्यादेशप्रति पनि असहमति जनाउँदै लोकतान्त्रिक प्रक्रियाको अवमूल्यन भइरहेको आरोप लगाए। उनले संसदको भूमिका कमजोर पारिनु जनमतको अवमूल्यनसरह हुने भन्दै विधि र संस्थागत अभ्यासलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्।

संवैधानिक निकायमा बहुमत निर्धारण प्रक्रिया तथा बजेट निर्माणका क्रममा प्रतिपक्षसँग पर्याप्त छलफल हुनुपर्ने उनको भनाइ छ। त्यस्तै, भन्सार तथा राजस्व व्यवस्थामा कडाइ देखिए पनि सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण प्रभावकारी नभएको उनले दाबी गरेका छन्।

0 Comments